रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त

द सिनेमा टाइम्स
1.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहने सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।

सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए । दयाहाङ र आँचलबीच पहिलो पटक सिनेमामा सहकार्य हुन लागेको हो । उनले भनेकी छन्, ‘उहाँसँग धेरै कलाकारहरु काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ । त्यो सुनौलो अवसर मलाई प्राप्त भयो । उहाँसँग काम गर्नका लागि एकदमै उत्साहित छु ।’

सिनेमाको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ । २०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण हुन लागेको हो । त्यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ । नाटक पनि यही विषयमा केन्द्रित थियो । निर्माण सुरु नहुँदै सिनेमाको प्रदर्शन मिति तय भैसकेको छ । आगामी वर्ष २०८१को नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ ।

कमेडी जनरामा निर्माण हुने सिनेमाको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । रामबाबु गुरुङ बक्स अफिसमा सुपरहिट सिरिज ‘कबड्डी’ सिनेमाका निर्देशक हुन् ।

तस्वीर : ज्ञानु राई