माघ २६ लाई ‘हात्तीछाप’को रिलिज मिति घोषणा, ‘बोतल राजा’को लुक्समा सौगात

माघ २६ लाई ‘हात्तीछाप’को रिलिज मिति घोषणा, ‘बोतल राजा’को लुक्समा सौगात

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘हात्तीछाप’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ललाई मात्रै प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा ‘बोटल राजा’को चरित्रमा देखिएका उनी लुक्स र गेटअपले आफूलाई राजा ठान्ने रिसाहा पात्रको भूमिकामा हुनसक्ने बुझिन्छ ।

किरण नेपालीको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सौगातका अलवा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, विनोद न्यौपाने, पुस्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरीलगायतको पनि अभिनय रहेको छ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको मल्टीस्टारर सिनेमाको छायांकन काठमाडौं र पोखरामा गरिएको छ । प्रदीप भारद्वाजको लेखन रहेको सामाजिक कथामा निर्माण भएको सिनेमालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । अमलादेवी राई र दिपक मनाङ्गेको लगानीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

रेडबर्ड फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘हात्तीछाप’मा सुशन प्रजापतिको छायांकन, आर्टमाण्डूको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको सिनेमालाई आरआर फिल्मस्को वितरण गर्नेछन् ।