करिष्माको प्रवेशसँगै दीवाकरको ‘मायावी’मा कलाकारको लाइनअप पुरा

करिष्माको प्रवेशसँगै दीवाकरको ‘मायावी’मा कलाकारको लाइनअप पुरा

द सिनेमा टाइम्स
455
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्ने सिनेमा ‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको हो । केही दिन अघि मात्रै उनीसँग निर्माण टिमले औपचारिक रुपमा लिखित सम्झौता गरेको थियो ।

अभिनेत्री श्रेष्ठ करिब ५ बर्षपछि अभिनयमा कमव्याक गर्दैछिन् । उनले यसअघि ‘एउटा साथी’, ‘लब सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी थिइन् । सिनेमाको मुख्य भुमिकामा यसअघि नै पल शाह, दीपिका प्रसाई, सुशिल सिटौला र समिम खान सिनेमाको मुख्य भुमिका अनुबन्धित भैसकेका छन् ।

सिनेमामा अभिनेता राजाराम पौडल र निर्देशक उज्वल घिमिरेको पनि अभिनय पक्का जस्तै छ । यही सिनेमाबाट अभिनेता राज कटुवाल निर्माताले निर्माताको रुपमा डेव्यु गर्दैछन् । यो सिनेमामा उनको अभिनय भने रहने छैन् । सिनेमाको कथा निकै मन परेकाले सिनेमामा लगानी गर्न तयार भएको अभिनेता कटुवालले बताएका छन् ।

असोज १ गतेबाट फ्लोरमा जाने सिनेमाको सम्पुर्ण छायांकन पोखरामा गरिनेछ । निर्देशक भट्टराई स्वयंको कथा रहने सिनेमा क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुनेछ । सिनेमामा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहनेछ । दिवाकरले सिनेमा ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।