‘परदेशी २’ प्रचारमा नयाँ शैली नाटकमार्फत् कथासार बुझाउँदै निर्माण टिम

‘परदेशी २’ प्रचारमा नयाँ शैली नाटकमार्फत् कथासार बुझाउँदै निर्माण टिम

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक प्रकास सपुतको मुख्य भुमिका रहेको सिनेमा ‘परदेशी २’ले व्यापक प्रचार-प्रसारलाई तीव्रता दिने भएको छ । साथै, सिनेमाको निर्माण टिमले प्रचारमा नयाँ शैली समेत अपनाउने भएको हो । सिनेमाको निर्माण टिमले काठमाडौं उपत्यकामा मात्रै मोफसलका पनि केही नाटकमार्फत् कथासार बुझाउँदै सिनेमाको प्रचार गरिनेछ ।

असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘परदेशी २’ले नेपाली सिनेमाको प्रचारमा पहिलो पटक नाटकमार्फत् कथासार बुझाउने प्रयास थालिएको छ । यो सिनेमाले वैदेशिक रोजगारी र विदेशमा पढ्न जानेको कथालाई गहन रुपमा उठान गरेको छ ।

यही विषयमा नाटक तयार पारेर सिनेमाको टिमले हाल काठमाडौंका कलेजहरुमा प्रस्तुति दिन थालेको छ । सिनेमामा अभिनय गरेका कलाकारहरुलाई भने नाटकमा राखिएको छैन । अरु नै कलाकारहरुलाई लिएर नाटक तयार गरिएको छ । नाटकसँगै सिनेमाको गीतमा नृत्य प्रस्तुति समेत राखिएको छ ।

काठमाडौंका केही कलेज तथा सार्वजनिक स्थानपछि मोफसलका विभिन्न शहरहरुमा नाटक देखाइने छ । मोफसलमा असोज ४/५ गते नरायणगढ, ७/८ गते नेपालगञ्ज, ९/१० गते बुटवल र ११/१२ गते पोखरामा सिनेमाको प्रचार गरिनेछ । यसले सिनेमाको प्रचारमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ ।

राजेश बंशल र नारायण रायमाझीले मिलेर सिनेमाको निर्माण गरेका हुन् । लोकगायक तथा संगीतकार नारायण रायमाझी निर्देशित सिनेमामा नीर शाह, रमा थपलिया, केकी अधिकारी, प्रशान्त तामाङ्ग, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, दीलिप रायमाझी, सुशील पोखरेल लगायतको अभिनय छ । गायक सपूतले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।