सिनेमा तथा नाटक बनाउन योग्य बाह्रखरीका ‘उत्कृष्ट कथा’

सिनेमा तथा नाटक बनाउन योग्य बाह्रखरीका ‘उत्कृष्ट कथा’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्ने बताएका छन् । बाह्रखरी ‘उत्कृष्ट कथा’मा समावेश कथाबाट सिनेमा, टेलिसिनेमाा, छोटा सिनेमा र नाटक बनाउन सकिने समीक्षक तथा सर्जकहरूको धारणा छ ।

पाँचौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि आइतबार भएको कथा आह्वान घोषणासभामा पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को निर्णायक समूहका संयोजक प्राडा सावित्री कक्षपतिले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, छोटा सिनेमा, सिनेमा र टेलिसिनेमामा रूपान्तरण गर्न सकिने बताइन् ।

सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो धेरै समयदेखि आफूले सुन्ने गरेको भन्दै उनले प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने बताइन् ।

आफूले बाह्रखरीको ‘उत्कृष्ट कथा’मा समाबेश कतिपय कथाका विषयबस्तु नाटक सिनेमा र टेलिसिनेमा बनाउन उपयुक्त रहेको पाएको उनको भनाई छ ।

डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले पनि बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । आफूहरू टेलिभिजन सामग्री उत्पादर प्रशारणमा पनि संलग्न भएकाले बाह्रखरी कथा प्रतियोगितामा आउने कथामा सिनेमा र टेलिभिजन सामग्री बनाउन सकिने देखेको छु ।