ओस्कार अवार्डमा नेपालले सिनेमा ‘हल्कारा’लाई पठाउने

ओस्कार अवार्डमा नेपालले सिनेमा ‘हल्कारा’लाई पठाउने

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता महेश त्रिपाठी र अभिनेत्री विनिता थापा मगरको मुख्य भुमिका रहेको सिनेमा ‘हल्कारा’ले ओस्कार अवार्डमा नेपाली सिनेमाको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित सिनेमालाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर सिनेमा छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक सिनेमाकर्मीलाई २०८० भाद्र २९ गतेभित्र सिनेमा बुझाउन आग्रह गरेको थियो । ओस्कार प्रतिस्पर्धाका लागि हल्काराका अलवा डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको सिनेमालाई अक्टोबर १ सम्म अमेरिका पठाइने छ ।

आइसफल फिल्म्सले निर्माण गरेको सिनेमामा एक हुलाकी पात्रमार्फत निर्देशकले सिनेमामा वैदेशिक रोजगारीको सामाजिक प्रभावको कथा प्रस्तुत गरेका थिए । आगामी मार्च १० मा अमेरिकाको लस एन्जलसमा ९६ औं ओस्कार अवार्ड समारोह आयोजना हुँदैछ ।