असोज २६ मा रिलिज मिति घोषणा गर्दै ऋचाको ‘कौसीद’ ट्रेलर रिलिज

असोज २६ मा रिलिज मिति घोषणा गर्दै ऋचाको ‘कौसीद’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कुमार भास्करद्वारा निर्देशित सिनेमा ‘कौसीद’को आगामी असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको करिब २ मिनेट लम्बाईको ट्रेलरमा वित्तिय ऋणको चपेटामा परेको एक दाम्पतीको पीडादायी कथालाई भनिएको छ ।

सार्वजनिक ट्रेलरबाट सिनेमामा अभिनेत्री ऋचा शर्मा र अभिनेता भोलाराज सापकोटा श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझ्न सकिन्छ । केदार भुषाल निर्माता रहेको सिनेमामा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायतको पनि अभिनय रहेको छ । सिनेमाको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

बड पिक्चर्स र ट्रिडेन्ट कन्सेप्टको संयुक्त निर्माण रहेको सिनेमामा भीम विश्वकर्माको सम्पादन, गिरिश-रोशन र रिवाज कोइरालाको ब्याकग्राउन्ड स्कोर, सुदीप पाण्डेको कलर तथा भीएफएक्स रहेको छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले मिलेर लेखेको सिनेमामा निसाल पौडेलको छायांकन रहेको छ ।

असोज २६ गते ‘कौसीद’को घरेलू बक्स अफिसमा नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’सँग आमनेसामने हुनेछ । सिनेमालाई देशभर वितरण गर्ने जिम्मा आरआर फिल्म्सले लिएको छ ।