‘रावायण’को बिशेष भुमिकामा पूर्व मिस नेपाल निकिता चाण्डक अनुबन्धित

‘रावायण’को बिशेष भुमिकामा पूर्व मिस नेपाल निकिता चाण्डक अनुबन्धित

द सिनेमा टाइम्स
560
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘रावायण’मा अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डक पनि बिशेष भुमिकाको लागि अनुबन्धित भएकी छन् । ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी चाण्डकले अघिल्लो महिना सिनेमा ‘राजागन्ज’को छायांकन सकेकी थिइन् ।

सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘रावायण’ टिमसँग उनको विशेष भूमिकाको लागि केही दिन अघि मात्रै औपचारिक रुपमा लिखित सम्झौता भएको थियो । मंगलबार ऋषिपञ्चमीको अवसर पारेर सिनेमामा उनको पनि बिशेष भुमिका रहने जानकारी निर्माण टिमले दिएको हो । अभिनयको हिसाबले यो उनको तेस्रो सिनेमा हुनेछ ।

निकितासँगै ‘मिस नेपाल’को प्लेटफर्मबाट ‘मिस नेपाल इन्टरनेशनल’ घोषित भएकी नीति शाहको सिनेमामा मुख्य भुमिका रहनेछ । निकिता र नीतिका अलवा सिनेमामा अनमोल केसी, शिल्पा मास्के, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । आगामी असोज १२ गतेदेखि छायांकन सुरु हुन लागेको सिनेमामा अनमोल दोहोरो भूमिकामा प्रस्तुत हुनेछन् ।

सुप्रिया कटुवाल निर्माता रहेको सिनेमालाई ‘ठुलो क्यानभास’मा निर्माण गर्ने तयारी गरिएको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको हो । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्धन्द्व निर्देशन, विक्रम स्वारको कोरियोग्राफी रहने सिनेमामा पुष्कर लामा प्रोडक्सन डिजाइनर तथा सुदीप ढकालले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् ।