प्रेमिका श्रेणी खतिवडासँग अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

प्रेमिका श्रेणी खतिवडासँग अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता गौरव पहारीले प्रेमीका श्रेणी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । बुधबार काठमाडौंको पाँचतारे होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच इन्गेजमेन्ट भएको हो ।

र्‍याडिसनको नेपा हलमा आयोजित समारोहमा उनीहरुलाई बधाइ दिन दुबै पक्षका परिवार, कलाकारहरु विल्सन विक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए । परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटेका हुन् । आगामी माघमा उनीहरुबीच बिहे हुने तयारी भैरहेको छ ।

गौरव र श्रेणी विगत तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् । बरिष्ठ अभिनेता टीका पहारीका छोरा गौरवले सिनेमा ‘मञ्जरी’बाट अभिनयमा डेब्यु गरेका थिए ।

यसवर्ष गौरवले अभिनय गरेका सिनेमाहरु ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनमा आउँदैछन् । उनले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुुई दर्जन बढी सिनेमामा अभिनय गरिसकेका छन् । उनले सिनेमा ‘साइँली’मा लगानी पनि गरेका थिए ।