‘हात्तीछाप’को दोस्रो पोस्टरमा बन्धक दयाहाङ र उपासना

‘हात्तीछाप’को दोस्रो पोस्टरमा बन्धक दयाहाङ र उपासना

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘हात्तीछाप’बाट अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको दोस्रो पोस्टर आइतबार सार्वजनिक गरिएको छ । जसमा दुवैलाई बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ । सार्वजनिक पोस्टरले सिनेमामा दयाहाङ र उपासना जोडीको रुपमा रहेको संकेत गर्छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘हात्तीछाप’को अघिल्लो हप्ता सार्वजनिक गरिएको अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स पोस्टरले समेत राम्रो चर्चा बटुलिरहेको छ । सिनेमामा विल्सन विक्रम राई, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेललगायतको पनि अभिनय रहेको छ ।

सुशान्त प्रजापतिको छायांकन तथा प्रदीप भारद्वाजको लेखन रहेको सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सिनेमाको कार्यकारी निर्मातामा सरोज नेपाली छन् भने पुष्कर गुरुङ र अमला देवी राई निर्मातामा छन् ।

सिनेमा आगामी माघ २६ गते प्रदर्शन हुँदैछ । अघिल्लो वर्षको हिट सिनेमा ‘दुई नम्बरी’पछि दयाहाङ, सौगात र उपासनाको टिमअप दोहोरिएकाले ‘हात्तीछाप’बाट दर्शकमाझ सिनेमालाई लिएर कौतुहल्ता बढाएको छ । जसले गर्दा सिनेमा सफल हुने आधार बलियो रहेको बुझाई सिनेमाकर्मीको छ ।