सांसद राघव चड्ढासँग विवाह बन्धनमा बाँधिइन् बलिउड अभिनेत्री परिणीति चोपडा

सांसद राघव चड्ढासँग विवाह बन्धनमा बाँधिइन् बलिउड अभिनेत्री परिणीति चोपडा

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री परिणीति चोपडा आम आदमी पार्टीका नेता तथा सांसद राघव चड्ढासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु आइतबार भारतस्थित उदयपुरको लीला प्यालेसमा विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाह गरेसँगै दुवैले विवाहको तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै श्रीमान्-श्रीमती हुन पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गरेका छन् । परिणीति र राघव लेख्छन्, ‘ब्रेकफास्ट टेबलमा हामीबीचको त्यो पहिलो कुराकानीमा नै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय र्कुयौँ । हामी एकअर्का बिना बाँच्न नै सक्दैनथ्यौँ । हामी सदाका लागि एकअर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो ।’

परिणीतिले विवाहमा भारतका चर्चित फेसन डिजाइनर मनीष मल्होत्राले तयार पारेको बेज कलरको आकर्षक लेहंगा लगाएकी थिइन् । त्यस्तै, राघव आफ्नो मामा तथा फेसन डिजाइनर पवन सचदेवाद्वारा डिजाइन गरिएको एलीगेन्ट आइवरी कलरको सेरवानीमा ठाटिएका थिए ।

उनीहरुको विवाह समारोहमा बलिउड तथा राजनीति क्षेत्रका कयौं हस्तीहरु सहभागी थिए । विवाहका सार्वजनिक तस्विरहरु हेर्दा उनीहरुको विवाह समारोह भव्य रहेको देखिन्छ ।