अक्षय र परिणितीको ‘मिसन रानीगञ्ज’ ट्रेलर सार्वजनिक

अक्षय र परिणितीको ‘मिसन रानीगञ्ज’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘मिसन रानीगञ्ज’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक कथावस्तुमा आधारित सिनेमाले हृदयविदारक उद्धार प्रयत्नलाई चित्रण गर्छ ।

आइतबार मात्रै विवाह बन्धनमा बाँधिएकी अभिनेत्री परिणिती चोपडाको पनि अभिनय रहेको थ्रिलर सिनेमाले कोइला खानी उद्धार अभियानको कथा भन्छ । ट्रेलरको मुख्य हाइलाइटका रुपमा सानदार तरिकाले खिचिएको पानीमुनिको एक दृश्य हो, जसमा अक्षय र अन्य कलाकारले उद्धार अभियान कति कठिन थियो भन्ने बुझाउँछ ।

अक्षयले सिनेमामा जसवन्त सिंह गिलको भूमिका निर्वाह गरेका छन् । निर्माता दीपशिखा देशमुख भन्छिन्, ‘मिसन रानीगञ्जको ट्रेलर सार्वजनिक गर्न पाउँदा म निकै उत्साहित छु । यो सिनेमा धेरै प्राविधिक टोली, कडा परिश्रम र सावधानीपूर्वक योजनाबाट गुज्रिएकाले यो जसरी बाहिर आएको छ त्यसबाट म धेरै खुसी हुन सक्दिन ।’

‘दर्शकका लागि यो एउटा प्रेरणादायी कथा हो जसलाई पर्दामा देख्न, महसुस गर्न र सेलिब्रेसन गर्न आवश्यक छ । मिसन रानीगञ्जले ल्याएको साहस, मानवीय भावना र दृढ संकल्पको हृदयस्पर्शी यात्राको अनुभव गर्न दर्शकलाई म धेरै समय पर्खाउन सक्दिनँ’ उनले भनिन् ।

निर्देशक टीनु सुरेश देसाई भन्छन्, ‘सिनेमा निर्देशकको हैसियतमा मिसन रानीगञ्जको ट्रेलर सार्वजनिक गर्न पाउँदा म खुसी र गर्व महसुस गर्छु । यसले मानवीय भावनाको अथक आत्मा र दृढ संकल्पको बारेमा कुरा गर्छ । म यो रोमाञ्चक र प्रेरणादायी कथालाई ठूलो पर्दामा दर्शकसँग बाँड्न तत्पर छु ।’ निर्देशक देसाईले अक्षय कुमारसँग रुस्तमपछि दोस्रो पटक सहकार्य गरेको थ्रिलर सिनेमा हो ‘मिसन रानीगञ्ज’ ।

सिनेमामा कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायतको अभिनय छ । आगामी अक्टोवर ६ तारिखबाट यो सिनेमा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।