दिवाकर भट्टराई निर्देशित ‘मायावी’को छायांकन पोखराबाट सुरु

दिवाकर भट्टराई निर्देशित ‘मायावी’को छायांकन पोखराबाट सुरु

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराईले निर्देशन निर्माण हुने सिनेमा ‘मायावी’को छायाकंन सुरु भएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थितिसँगै सिनेमाको छायाकंन सुरु गरेको हो ।

निर्माण टिमले सिनेमाको छायाकंन गर्ने तयारी स्वरुप एक हप्ता अघिसम्म सिनेमाका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो । सिनेमाको मुस्ताङ नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र सिनेमाको छायाकंन अवधी ३५ दिन रहेको जानकारी निर्देशक भट्टराईले दिए ।

पोखराकै परिवेशमा रहेर कथा बुनिएको सिनेमामा दीपिका प्रसाई, पल शाह, सुशील सिटौला, मोडल समिम खान र करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने सिनेमामा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारको पनि अभिनय छ ।

क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको सिनेमामा निर्देशक भट्टराई स्वयंको कथा रहने छ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् । राजु थापाको डिओपी रहने सिनेमामा एसडी योगीको संगीत तथा राम अविरल विष्टको गीत रचना छ ।

सिनेमामा एक्शन तथा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माताको रुपमा रहेका छन् । राज सिनेमा ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् । उनको मुख्य भुमिका रहने सिनेमा ‘राजा’ पनि यही बर्ष छायांकनमा जानेछ ।