टाइगर र कृति अभिनित ‘गणपत’को एक्सन प्याक्ड टिजर सार्वजनिक

टाइगर र कृति अभिनित ‘गणपत’को एक्सन प्याक्ड टिजर सार्वजनिक

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चन अभिनित बलिउड सिनेमा ‘गणपत’को एक्सन प्याक्ड टिजर सार्वजनिक भएको छ । सन् २०७० को सेटअपमा तयार पारिएको सिनेमाको टिजरले दर्शकको मन जित्ने देखिन्छ ।

‘गणपत’मा ‘हिरोपन्ती’ जोडी टाइगर र कृतिलाई पुनः एकसाथ देख्न पाइनेछ । निर्माताले सार्वजनिक गरेको टिजरमा टाइगर र कृति दुवै एक्सन भूमिकामा जमेका छन् । एक्सन सिनेमा रुचाउने दर्शकलाई यो सिनेमा पक्कै पनि मनोरञ्जनको खुराक हुन सक्छ ।

टिजरको अन्त्यमा टाइगरको एक संवाद छ, जसलाई सिनेमाको बटमलाइन मानिएको छ । उनी भन्छन्, ‘जब आफ्नाको कुरा आउँछ तब आफ्नैको हात जान्छ ।’ सिनेमाको सार्वजनिक टिजरले कथावस्तुलाई लिएर केही संकेत गर्छ । आक्रमणकारीको कुनै समूहसँग टाइगरले लडाई लड्नुपर्छ ।

पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई डिस्पोटियन स्पोट्र्स एक्सन सिनेमा भनिएको छ । विकास बहल निर्देशित सिनेमा नेपाली क्यालेन्डरअनुसार दशैंको फूलपाती अर्थात् २० अक्टोबरमा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।