राजधानीमा ‘बालापन’को प्रिमियर

राजधानीमा ‘बालापन’को प्रिमियर

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार राजधानीमा सिनेमा ‘बालापन’को प्रिमियर गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित प्रिमियर शोमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

समाजमा देखिएको कुरालाई चित्रण गरेको सिनेमाले मन्त्री किराँतीले बताए । आर्थिक विकासका लागि सिनेमा मेरुदण्ड रहेकाले सिनेमाको विकासमा सरकारको चासो रहिरहेको उनले जनाए ।

विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले सिनेमाले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औंल्याए । ‘सिनेमालाई शुभकामनाले मात्र हुँदैन । सिनेमा भित्र चाहिने हरेक कुरा हुनुपर्छ । सिनेमा क्षेत्रमा नयाँ मान्छे आएनन् भने सिनेमा क्षेत्र चलायमान हुँदैन’, उनले भने ।

सिनेमाका निर्माता हट मिलन राईले म यस क्षेत्रको लागि विल्कुलै नयाँ रहेको छु । हाम्रा धेरै कमी कमजोरी हुन सक्छन् । सिनेमा विशुद्ध समाजसेवा, दिनदुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । ‘हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायतका देशहरुमा सिनेमाको प्रिमियर गर्दैछौं’, उनले भने ।

शिव आर जीको निर्देशन रहेको सिनेमामा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।

एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह-निर्माता छन् । सिनेमामा रामकृष्ण खरेलको छायांकन हेर्न सकिन्छ ।