हिरासतमुक्त भए अनमोल

हिरासतमुक्त भए अनमोल

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज १२ गते  साँझ साँगाबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् आइतबार काठमाडौं जिल्लाअदालतले पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आइतबार (आज)सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि हिरासतमाराख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको हो

अब अनमोल प्रहरीले बोलाएको बेला हाजिर हुनुपर्नेछ हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाईहाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।

फिल्मरावायणमा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि  काम गर्न नमानेको भन्दै निर्देशकसुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकीथिइन् त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।तर निर्माण पक्ष र अनमोल बिच कगजी समझौता भने भएको थिएन ।

आज अदालतमा उपस्थित गराउनुभन्दा अगाडि उनलाई महानगरीय प्रहरी परिसर टेकुले करिब सवा ३ घण्टा सोधपुछ गरेको थियो त्यहाँ उनले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनिरावायणका निर्माताले लिन नमानेको आफूलाई स्क्रिप्ट चित्त नबुझेकाले काम गर्न अस्वीकार गरेको बताएका थिए