प्रदीप खड्कालाई सामाजिक सञ्जालका प्रयोगकर्ताको कटाक्ष – तिमीमा यस्तो अहँकार छ जस्तो लागेकै थिएन

प्रदीप खड्कालाई सामाजिक सञ्जालका प्रयोगकर्ताको कटाक्ष – तिमीमा यस्तो अहँकार छ जस्तो लागेकै थिएन

धेरैले प्रदीपलाई बौद्धिक अभिनेता भनेर आफूले चिने पनि तल्लोस्तरमा उत्रिएर कमेन्ट गरेको भन्दै उनीप्रति असन्तुष्टि जनाएका छन् ।

द सिनेमा टाइम्स
896
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार अभिनेता प्रदीप खड्काले लगातार तीनवटा स्टाटस लेखे । सामाजिक सञ्जालमा उनले पहिलो स्टाटस विवाह र दुलहीको प्रसंग उल्लेख गर्दै लामो स्टाटस लेखे । स्टाटस कसविरुद्धको हो भन्नेबारे उनले स्पष्ट लेखेका थिएनन् । नाम नलेखे पनि उनको स्टाटस अनमोल केसीविरुद्ध रहेको जोकोहीले पनि सहजै अनुमान लगाउन सक्थे ।

उनको स्टाटसमा गालीको ओइरो लाग्यो । प्रशंशा त उनले निकै थोरैले मात्रे गरेको स्टासमा अधिकांशले गाली गरेका छन् । टिका सुवेदी नामक फेसबुक प्रयोगकर्ता लेख्छन्– अनमोल त्यसै अनमोल भएको होइन नि बल्ल बुझ्यौ । किन जान्ने भएको अब तिम्रा दिन गए ।

विनय कार्की नामका फेसबुक फेसबुक प्रयोगकर्ताले पनि प्रदीपलाई गाली गर्छन् । उनी लेख्छन्– अलि धेरै बुझ्नु भयो कि । लु बधाई यो सोचलाई । यति सानो ठाउँमा छौ, सानो फिल्डमा छौ । त्यही पनि यसरी एकअर्काको खुट्टा तानेर हुन्छ त ? तपाईं जत्तिको मान्छेले यस्तो सोच राख्नु भएको अलि सुहाउँदैन है । फेरि उदाहरण पनि उस्तै दिनुभयो ।

भुजेल शर्मिला नामकी फेसबुक प्रयोगकर्तालाई पनि प्रदीपको विचार मन परेन । र, उनी यस्तो लेख्छिन्– अनमोलले ठिक छैन खेल्दिनँ भन्न त पाउँछन् नि । अहिलेसम्म कसैलाई नराम्रो पनि भनेका छैनन् । बाउको रिस छोरालाई नपोख न प्रदीप ।

गालीको वर्षा लागेपछि प्रदीपले अलि खुलेर अर्को स्टाटस लेखे । यसमा पनि उनले नाम त अनमोलको लेखेनन् । त चलचित्र क्षेत्रसँग सम्बन्धित विषय रहेको प्रष्टैसँग लेखे । निर्माता र कलाकार दुवै काम गर्न आफू स्वतन्त्र रहेको लेखे । निर्माताको लगानी धरापमा पार्ने छुट कसैलाई पनि नरहेको उनले प्रष्टैसँग लेखे । आफूलाई पनि जबरजस्त सिनेमामा काम गर्नु परेको तर फसेको उनले स्टाटसमा उल्लेख गरेका छन् । तर पनि आफू सिस्टमभन्दा बाहिर गएर कहिल्यै काम नगरेका उनले लेखेका छन् ।

प्रदीप जति स्टाटस थप्दै गए, गाली पनि थपिँदै गयो । यसैक्रममा राजु प्रधान नामक फेसबुक प्रयोगकर्ता उनको स्टाटसमा कमेन्ट गर्छन्– एउटा हिरो भएर अर्कोलाई यति खेदो खन्नु कतिको ठिक हो ब्रो ।

अर्का फेसबुक प्रयोगकर्ता लेख्छन्– मलाई तिमीमा यस्तो अंकहार छ जस्तो लागेकै थिएन प्रदीप भाइ ।

सूर्य गिरी नामक अर्का फेसबुक कार्यकर्ता प्रदीप सिनेमा नै बहिष्कार गर्ने चेतावनी दिन्छन् । “धेरै बौद्धिक लाग्थ्यो, लेखाइ देखेर थाहा भयो । तिम्रो सिनेमा पनि बहिष्कार गरिन्छ । सूर्यको कमेन्टमा गएर प्रदीपले रिप्लाई पनि दिएका छन् । आफूले अर्को स्टाटस लेखेको र त्यो पढ्न उनले आग्रह गरेका छन् । उनले तिमी मलाई कन्भिन्स गर अथवा म तिमीलाई कन्भिन्स गर्छु भनेर प्रदीपले रिप्लाई गरेका छन् ।

शिभराज तिमिलसिना लेख्छन्– दम छ भने सिधा सिधा कुरा भन…, अनमोलको कति डाहा गरेको हो यार । अरुलाई खसालेर राम्रौ भैंदैन । यो लाष्ट अटिया रैछ यार । …यस्ता नि हिरो ?

प्रदीपलाई गाली गरेका प्रत्येक कमेन्टमा ठूलो संख्यामा लाइक र लभ रियाक्ट आएका छन् ।

समकालीन हिरोमाथि नराकारात्मक कमेन्ट गरेको भनेर प्रदीपको चर्को आलोचना भइरहेको छ । धेरैले प्रदीपलाई बौद्धिक अभिनेता भनेर आफूले चिने पनि तल्लोस्तरमा उत्रिएर कमेन्ट गरेको भन्दै उनीप्रति असन्तुष्टि जनाएका छन् ।

फेरि उनले तेस्रो स्टाटस पनि लेखे । त्यहाँ उनले पुनः व्यंग्य गर्दै आफूले भनेको कुरा सही रहेको तर धेरैले स्वीकार गर्न नसकेको उनले बताएका छन् । सिस्टममा चल्नु पर्नेमा उनले जोड दिएका छन् ।