‘दिमाग खराब’को दोस्रो गीत ‘झम्के झमा झम’मा निश्चल-स्वस्तिमादेखि खगेन्द्र-सुपुष्पासम्म नाचे

‘दिमाग खराब’को दोस्रो गीत ‘झम्के झमा झम’मा निश्चल-स्वस्तिमादेखि खगेन्द्र-सुपुष्पासम्म नाचे

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ ।

गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन् । उनले यसअघि पनि आफू निर्देशित ‘लुट’को दुवै श्रृंखलाको गीतमा नृत्य गरेका थिए । भव्य लाइटिङले तयार पारिएको आकर्षक सेटमा गीत खिचिएको छ । निर्देशक बस्नेतका अलवा सिनेमाका मुख्य कलाकारहरु दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराललगायत पनि सार्वजनिक गीतमा फिचर्ड छन् । अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको गीतमा विशेष भुमिकामा देखिएकी छन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।