अनमोल केसीले ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख

अनमोल केसीले ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीले ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा शुक्रवार पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सिनेमा खेल्न भनेर लिएको पेश्की रकम निर्मात्री चन्द्रकला कटुवालको सिद्धार्थ बैंकमा रहेको खातामा चेक डिपोजिट गरेका हुन् ।

अनमोलले आज मंगलबार पैसा चन्द्रकलाको खातामा जम्मा हुने गरि चेक डिपोजिट गरिदिएका छन् । सिनेमा ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले स्क्रिप्ट चित्त नबुझेर सिनेमा छोडेको र आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ सिनेमाका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए ।निर्माण पक्ष र अनमोल बिच कगजी समझौता पनी भएको थिएन ।