‘परदेशी २’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक, बर्षा र प्रकाशको जमेको केमेष्ट्री

‘परदेशी २’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक, बर्षा र प्रकाशको जमेको केमेष्ट्री

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक गरिएको छ । प्रताप दास र मीना निरौलाको स्वर तथा बिबि अनुरागीको शब्द रचना अनि संगीत रहेको डान्सिङ शैलीमा गीत तयार पारिएको छ ।

गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा सिनेमाका अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन् । नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

युवापुस्ताको विदेश मोहको कथालाई उठान गरेको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ गरी दुई सुपरहिट सिनेमा दिइसकेका निर्देशक रायमाझी ‘परदेशी २’बाट सफलतामा ह्याट्रिक गर्ने दाउमा छन् । यो सिनेमाबाट गायनमा स्थापित प्रकाश सपूतले अभिनेताको रुपमा डेब्यू गरेका हुन् । सिनेमाले सार्वजनिक गीतसंगीत र टिजरबाट दर्शकमाझ राम्रो हाइप बनाएको छ ।