शुक्रबारबाट प्रदर्शनमा आयो ‘वानर सेना’

शुक्रबारबाट प्रदर्शनमा आयो ‘वानर सेना’

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट हलमा नेपाली सिनेमा ‘वानर सेना’ प्रदर्शनमा आएको छ । अपर्ण गिरी अरमान जंग र आरजु प्रसाईको मुख्य भुमिका रहेको सिनेमा सिमित मल्टिप्लेक्स र अधिकांश सिगंल स्क्रिनमा रिलिज भएको छ ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

आगामी शुक्रबार अर्थात् असोज १९ गतेबाट प्रदर्शनमा आउने सिनेमामा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।