‘एनटीआर ३१’ मा सहकार्य गर्दै प्रशान्त नील र जुनियर एनटीआर

‘एनटीआर ३१’ मा सहकार्य गर्दै प्रशान्त नील र जुनियर एनटीआर

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त नीलको आगामी सिनेमामा दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले सहकार्य गर्ने भएका छन् । एक्सन प्रधान सिनेमाको छायांकन अर्को बर्षको अप्रिलबाट सुरु हुनेछ । सिनेमाको वर्किङ्ग टाइटल ‘एनटीआर ३१’ राखिएको छ ।

एनटीआरको ३१औं सिनेमा प्रशान्तसँगको हुनेछ । निर्माण कम्पनी मैत्री मूभी मेकर्सले बिहीबार ट्विटरमार्फत् प्रशान्त र एनटीआरबीच सिनेमामा सहकार्य निश्चित भएको जानकारी गराएको हो । यो सिनेमाले भारतीय सिनेमामा नयाँ ‘बेञ्चमार्क’ स्थापित गर्ने कम्पनीको विश्वास छ । मैत्री र एनटीआर आर्ट्सको सहकार्यमा सिनेमाको निर्माण हुनेछ ।

जूनियर एनटीआर अहिले आफ्नो ३०औं सिनेमा ‘देवारा’को छायांकनमा व्यस्त छन् । जुन सिनेमा आगामी अप्रिल ४ मा रिलिज हुँदैछ । त्यस्तै, प्रशान्तले प्रभासलाई लिएर बनाएको सिनेमा ‘सलार’ आगामी डिसेम्बर २२ मा विश्वभरका रिलिज हुँदैछ । जूनियर एनटीआरसँगको सिनेमापछि निर्देशक नील ‘सलार २’ र ‘केजीएफ ३’ को तयारीमा लाग्ने छन् ।