दक्षिण कोरियामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ दुई हप्ता अगाडी नै सोल्ड आउट

दक्षिण कोरियामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ दुई हप्ता अगाडी नै सोल्ड आउट

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ चर्चा शिखरमा छ । सिनेमाले नेपालमा मात्रै होइन् विदेशमा समेत बम्पर व्यापार गर्ने संकेत गरेको छ ।

शुक्रबार सिनेमा निर्देशक खनालले एक पोस्ट सेयर गर्दै सिनेमाको दक्षिण कोरियामा रिलिजको दुई हप्ता अगाडी ५ शो सोल्ड आउट भएको जानकारी दिए । यो पहिलो नेपाली सिनेमा होला जस्को ट्रेलर समेत सार्वजनिक नभई २ गीत र क्यारेक्टर टिजरकै भरमा सिनेमको हाइप विदेशमा समेत उच्च बनेको हो । जसले गर्दा सिनेमाले नेपालसँगै विदेशमा समेत राम्रो व्यापार गर्ने देखिन्छ ।

बडादशैंको अवसर पारेर आगामी कार्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

सिनेमामा सौगात मल्लका अलवा विपिन कार्की, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।