ओटीटी प्लेटफर्म सुरु गर्दै कान्तिपुर फिल्म एकेडेमी, वेब सिरिज ‘लभ सूत्र’ रिलिज गरिने

ओटीटी प्लेटफर्म सुरु गर्दै कान्तिपुर फिल्म एकेडेमी, वेब सिरिज ‘लभ सूत्र’ रिलिज गरिने

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कान्तिपुर फिल्म एकेडेमीले नेपालमा ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ । सिनेमा सम्बन्धी अध्ययन गराउँदै आइरहेका कलेजले यही दशैंको छेकोबाट ‘कान्तिपुर सिनेमाज्’ नामक ओटीटी सुरुवात गर्दैछ ।

ओटीटीलाई बलियो रुपमा अघि बढाउन एकेडेमीले आफ्नै लगानीमा सिरिज निर्माण गरिरहेको छ । ‘ब्रह्माण्ड’ र ‘मिस स्कार्लेट’ गरि दुईवटा सिरिज तयार भैसकेका छन् । एकेडेमीसँग आफ्नै निर्माणमा बनेको सिनेमा ‘म’ पनि छ । यी सबै सिनेमा र सिरिज ‘कान्तिपुर सिनेमाज्’मा रिलिज हुनेछन् । गत भदौमा प्रदर्शनमा आएको सिनेमा ‘जुलेबी’ पनि यही ओटीटीमा रिलिज हुने निश्चित भैसकेको छ ।

अब यो ओटीटीमा पाँच श्रृंखलाको वेब सिरिज ‘लभ सूत्र’ पनि रिलिज गरिने भएको छ । सोमबार सिरिजको टिजर सार्वजनिक गर्दै ‘कान्तिपुर सिनेमाज’मा रिलिजको घोषणा गरिएको हो । निरोज महर्जन निर्देशित सिरिजमा शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली, रवीन्द्र झालगायतको मुख्य भूमिका रहेको छ । यो सिरिज प्रेमकथामा आधारित रहेको छ ।

एकेडेमीका सीइओ तथा सिनेमा लेखक प्रकाश पुरीले सिनेमाको माध्यमबाट हरेक समुदाय, जाती, भूभाग र वर्गको मौलिक कथाहरु निसंकोच भन्न र संसारभरि छरिएर रहेका नेपाली दर्शकहरुको पहुँचमा नेपाली सिनेमालाई पु¥याउने उद्देश्यले ओटीटी प्लेटफर्म सुरु गर्न लागेको बताए ।