anmol jasita

पूर्वी नेपालमा ‘परदेशी २’ टिम, राम्रो सिनेमा बनेकाले हेरिदिन दर्शकलाई आग्रह

पूर्वी नेपालमा ‘परदेशी २’ टिम, राम्रो सिनेमा बनेकाले हेरिदिन दर्शकलाई आग्रह

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘परदेशी २’ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा ‘परदेशी २’ निर्माण गरिएकाले सिनेमा हेरिदिन दर्शकलाई आग्रह गरेको छ ।

पत्रकार भेटघाटमा सिनेमाका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेश वंशलको उपस्थिति थिए । पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा सिनेमा बनेकाले सबैले ‘परदेशी २’ हेर्न नछुटाउनु अनुरोध गरिन् । अभिनेता प्रकाश सपुतले पनि छायांकन भएको लामो समयपछि प्रदर्शनमा आउन लागेको सिनेमा भएपनी सदाबहार कथा ‘परदेशी २’ नेपालीको आफ्नै लाग्ने बताए ।

निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा सिनेमा निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए । सिनेमा युनिटले इलाइट सिनेमा हल भिजिटपछि पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको सिनेमा ‘परदेशी २’ नेपालीको साझा कथा-व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो सिनेमामार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।

अभिनेत्री वर्षा सिवाकोटीले सिनेमामा आफ्नो फरक भूमिका रहेको बताइन् । ‘फरक सिनेमामा फरक भूमिका गर्ने अपेक्षा अनुसार फरक भूमिका निवार्ह गर्ने प्रयास गरेकी उनको दाबी छ । मिडियामा सिनेमाबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित रहेको सुनाइन् । सिनेमा प्रचारका क्रममा पुर्वी नेपाल पुगेका निर्माता राजेश वंशलले कुनै पनि छिमेकी सिनेमा वा कथाबाट प्रभावित नभई मौलिक कथा रहेको बताए ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट सिनेमा दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय सिनेमा हो । सिनेमा निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

सिनेमाको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

असोज २२ गते विराटनगर अनि इटहरी र धरानको विभिन्न मिडियामा अन्तर्वार्तापछि सिनेमा युनिट २३ गते दमक र बिर्तामोडमा पत्रकार सम्मेलन तथा हल भिजिटमा गएको थियो । मंगलबार दिनभर झापाका विभिन्न ठाउँमा दर्शकसँग साक्षात्कार गर्दै साँझ काठमाडौं फर्किने छ ।