anmol jasita

प्रकाश, केकी र वर्षा अभिनित ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

प्रकाश, केकी र वर्षा अभिनित ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई पहिलो दिन ३७ शोज उपलब्ध गराएको छ ।

यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले ‘परदेशी २’लाई आफ्नो तीनटा स्टेशनमा १२ शोज दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ ।

आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत गरेका सिनेमा ‘परदेशी’ घरेलू बक्स अफिसमा सुपरहिट भएको थियो । अब यो सिनेमा दोस्रो श्रृंखला शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दर्शकमाझ राम्रो हाइप बनाएकाले गर्दा पनि सिनेमा सफल हुने सम्भावना बलियो देखिएको छ ।

सिनेमाप्रति हल व्यवसायीले पनि ठूलो आश राखेकाले मल्टीप्लेक्समा राम्रो शोज संख्या प्राप्त गर्न सफल भएको छ । सुपरहिट सिनेमाको श्रृंखला, राम्रो प्रचार र बलियो स्टारकास्टका कारण सिनेमाले मल्टीप्लेक्सहरुमा राम्रो शोज पाउन सफल भएको हो । बुकिङ राम्रो भएको अवस्थामा शोज सङख्यामा थप वृद्धि हुनेछ ।

नारायण रायमाझीद्वारा निर्देशित सिनेमामा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही सिनेममाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।