‘दिमाग खराब’को गीतमा ‘डान्स स्टेप’ बनाउँदा पुरस्कारदेखि सिनेमा खेल्नेसम्म अवसर

‘दिमाग खराब’को गीतमा ‘डान्स स्टेप’ बनाउँदा पुरस्कारदेखि सिनेमा खेल्नेसम्म अवसर

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’ अहिले चर्चाको शिखरमा छ । निश्चलको निर्देशनमा कमब्याक र बलियो स्टारकास्टका कारण सिनेममाप्रति दर्शकको अपेक्षा उच्च छ । राम्रो हाइपका काारण व्यावसायिक सफलताको सम्भावना पनि प्रवल देखिन्छ ।

निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको सिनेमाको ९ दिनअघि ‘झम्के झमा झम’ बोलको गीत रिलिज गरिएको थियो । जुन गीत यतिबेला लोकप्रिय बनिरहेको छ । युट्युबमा १३ लाखभन्दा बढी भ्यूज पाइसकेको गीतप्रति दर्शकको आकर्षण बढाउन निर्माण टिमले ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ ।

टिकटक तथा युट्युबमा गीतमाथि उत्कृष्ट भिडियो बनाउनेलाई क्रमशस् पच्चास हजार तथा डेढ लाख पुरस्कार दिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुने प्रतियोगीले आफ्नो टिकटक तथा युट्युबमा भिडियो बनाएर #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB को प्रयोग गरेर पोस्ट गर्नुपर्नेछ । साथै, भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ ।

सार्वजनिक गीतिमा उत्कृष्ट भिडियो बनाउनेलाई सिनेमा आर्ट्सको अर्को सिनेममामा काम गर्ने अवसर समेत दिइने जनाइएको छ । बाबुल गिरीको शब्द रचना र संगीतमा तयार भएको गीतमामा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ । गीतको भिडियोमा शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको गीतमा विशेष भुमिकामा देखिएकी छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।