टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा, भोटिङ बिना नै विजेता छानिने

टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा’को घोषणा, भोटिङ बिना नै विजेता छानिने

द सिनेमा टाइम्स
448
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।

शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् । निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भैरहेको छ । मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमीफाइनल राउण्डको सुरुवात हुनेछ । यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ ।

अहिले विभिन्न टेलिभिजन च्यानलसँग कुरा भैरहेकाले कुन च्यानलबाट प्रसारण हुने पक्का भैसकेको छैन् । चाँडै टेलिभिजन च्यानल, डिजिटल पार्टनर र शोका विजेताले पाउँने पुरस्कार राशी घोषणा गरिने प्रोजेक्ट संयोजक मानव सिवाकोटीले बताए । यो रियालिटी शो नेपालमा बनिरहेका अन्य शोभन्दा भिन्न हुनेछ ।

यो शोको उद्देश्य नेपालमा रहेका कच्चा र प्रयोग नभएका अर्थात् लुकेका प्रतिभालाई प्रोहत्सान गर्ने रहेको निर्देशक भुजेलले बताए । साथै, अन्य शोहरु भोटिङका कारण निकै विवादिन बनेकाले पनि आफुहरुले भोटिङ सिस्टम नै नराखेको बताए । विवाद रहित शो बनाउनुका साथै जित्नै प्रतिभाले जितोस भन्ने आफुहरुको उद्देश्य रहेको दाबी आयोजक संस्थाको छ ।

यो रियालिटी शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्म्भिर बिष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई रहेका छन् । निर्णायक मण्डलका संयोजक बिष्टले पहिलो पटक नेपालमा केही फरक अनि भोटिङ सिस्टम बिना नै विजेता घोषणा गर्नुपर्ने भएकाले निकै चुनौती रहेको बताए ।

अभिनेत्री राउतले आफु नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्विकार गरेको बताइन् । यस्तै, भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन २ का फर्स्टरनरअप समेत रहेकाले आफुले त्यहाँ सिकेका धेरै कुरा यो शोको निर्णायक हुँदा लागु गर्ने बताए ।

निष्पक्षताको लागि यो शोका निर्णायकले दिने सम्पुर्ण अंक डिजिटल बोर्डमा सार्वजनिक समेत गर्नेछ । शोको मापदण्ड विपरित अत्याधिक र न्युन अंक दिने निर्णायकलाई लाइभ शोमै स्पष्टिकरण सोधिने आयोजक संस्थाले जनाएको छ । साथै प्रतिस्पर्धीलाई गीत छनोटमा अत्याधिक स्वतन्त्रता दिइने बताइएको छ ।

डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आर्कषक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रधान गरिनेछ । यो शोमा डिजिटल अडिसन मार्फत एकल, डोयट तथा ग्रुपमा समेत प्रस्तुती दिएर पठाउन सकिनेछ ।

सिने इभेन्ट स्टुडियो प्रालीको व्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङ्गमा दर्शन कोइराला तथा प्रमोशन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी आफै रहेका छन् ।