रामबाबु-दीपकको ‘राजागञ्ज’ले नर्वेमा जित्यो ७६ लाख बढि रकम

रामबाबु-दीपकको ‘राजागञ्ज’ले नर्वेमा जित्यो ७६ लाख बढि रकम

द सिनेमा टाइम्स
10.6k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ सिनेमाले ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फण्ड जितेको छ ।

फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो।

‘रानीगञ्ज’ उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक सिनेमा हो । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ ।

सिनेमाको छायांकन गत महिना नै सम्पन्न भइसकेको छ । 

सिनेमामा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्माविजय बरालगौमाया गुरुङघनश्याम मिश्रआरती मण्डल र पुष्प यादवले आदिको अभिनय रहेको छ ।

दीपक रौनियार सिनेमाका निर्देशक हुन्। 

सिनेमाको निर्मातामा मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । आदि फिल्म्सबाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा फिल्म बनेको हो । 

रौनियार निर्देशित पहिलो सिनेमा ‘हाइवे’ बर्लिन तथा लोकार्नो सिनेमा फेस्टिवलमा रिलिज भएको थियो भने उनको दोश्रो निर्देशकीय सिनेमा ‘ह्वाइट सन्’ले भेनिसपाम स्प्रिङ्सफाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जित्न सफल भएको थियो।

रौनियारडेभिड बार्कर र आशा मगरातीद्वारा संयूक्त लेखन रहेको , ‘राजागञ्ज: द स्काई इज माइन’ले जातीय प्रथा र छालाको रङलाई लिएर हुने विभेदको कथा रहेको छ।

सिनेमाले फण्ड जितेपछि उत्साहित बनेका रामबाबु गुरुङले यो सिनेमा ऐतिहासिक हुने प्रतिक्रिया दिएका छन् ।

 ‘दीपकसँग मेरो प्रारम्भिक दिनदेखि नै मित्रता छ । उनीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म नेपाली चलचित्र क्षेत्रको लागि एउटा ऐतिहासिक चलचित्र हुनेछ र यसले बाँसुरी चलचित्रको पोर्टफोलियो बढाउनेमा म खुसी छु’, उनले भने ।