anmol jasita

शुक्रबारबाट प्रदर्शनमा आयो प्रकाश, केकी र वर्षाको ‘परदेशी २’

शुक्रबारबाट प्रदर्शनमा आयो प्रकाश, केकी र वर्षाको ‘परदेशी २’

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक प्रकाश सपूत अभिनित डेव्यु सिनेमा ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाप्रति ठूलो अपेक्षा राखिएको छ । किनकि, ७ वर्षअघि यसको पहिलो श्रृंखला सुपरहिट भएको थियो । नारायण रायमाझीको निर्देशन रहेको सिनेमाले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेश गरेको छ ।

सुपरहिट सिनेमाको सिरिज, नाम चलेका कलाकार, व्यापक प्रचार, गीत(संगीतको चर्चा आदि कारणले मल्टीप्लेक्सहरुमा सुखद् शोज प्राप्त गरेको सिनेमालाई सफल हुन बलियो ‘वर्ड अफ माउथ’को जरुरी छ । यो सिनेमा गायक सपूतका लागि भने अग्नि परीक्षा हो । गायनमा पाएको सफलता उनले सिनेमाबाट पनि जोगाउनुपर्नेछ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको सिनेमा प्रकाशका अलवा नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्की आदिको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा गीतकार तथा संगीतकार रमेश विजीको कथा तथा पटकथा लेखन छ ।

आज शुक्रबारबाट नै ‘परदेशी २’का अलवा अन्य दुई नेपाली सिनेमा ‘कौसीद’ र ‘बासेन्जी’ पनि एकसाथ प्रदर्शनमा आएका छन् । इयन स्कट क्लेमेन्ट निर्देशित ‘बासेन्जी’मा असिम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी आदिको अभिनय छ भने कुमार भाष्कर निर्देशित ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका छ । कौसीद सेन्सर झमेलाका कारण बिहानी शोमा प्रदर्शन हुन पाएको छैन् ।