अभिनेत्री उषा रजकले महानायक राजेश हमाल लक्षित अभिव्यक्तिप्रति मागिन् माफी

अभिनेत्री उषा रजकले महानायक राजेश हमाल लक्षित अभिव्यक्तिप्रति मागिन् माफी

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाल लक्षित अभिव्यक्तिप्रति अभिनेत्री उषा रजकले माफी मागेकी छन् । केही दिन अघिको एक टेलिभिजन कार्यक्रममा महानायक हमाललाई ओभररेटेड एक्टर भएको भन्दै आलोचना गरेका थिइन् ।

अभिनेत्री रजकको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसले गर्दा उनले महानायक हमालमा समर्थकबाट निकै आलोचना र गाली खाइरहेकी थिइन् । आइतबार बिहान सामाजिक संजालमा एक पोस्टमार्फत रजकले हमाललाई ट्याग र नमस्कारको इमोजी पेश गर्दै लेखेकी छन्, ‘अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् । मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।’

उनी अगाडी लेख्छिन्- ‘म, उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणी कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्ति डिजिटल तारहरु बीच कहिँ कतै हराए ।’

अभिनेत्री रजकको यस्तो अभिव्यक्तिलाई लिएर हमालका फ्यान उनीमाथि खनिए । आफ्नो अभिनयमार्फत गम्भीर र बौद्धिक दर्शकमाझ परिचित रजक यही महिनाको सुरुआतमा अर्का अभिनेता तथा निर्देशक अनुप बरालविरुद्ध पनि आक्रामक देखिएकी थिइन् ।