उदय सुब्बा निर्देशित ‘दुई कदम’को टिजर सार्वजनिक

उदय सुब्बा निर्देशित ‘दुई कदम’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।

आगामी मंसिर २९ गतेबाट रिलिज हुने सिनेमाको सार्वजनिक टिजरमा अभिनेता सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारीलाई स्थान दिइएको छ । सार्वजनिक टिजर हेर्दा अभिनेता गौरव पहारी भिलेको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ । सिनेमाको टिजरले दर्शकमा कौतुहल्ता जगाउने देखिन्छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

मुस्ताङमा एक गीतको छायांकन गरिएको सिनेमाको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।