‘ज्याकी’देखि ‘जुलेबी’सम्म रिलिज गर्दै सञ्चालनमा आयो ओटिटी प्लेटफमर्म ‘कान्तिपुर सिनेमाज्‘

‘ज्याकी’देखि ‘जुलेबी’सम्म रिलिज गर्दै सञ्चालनमा आयो ओटिटी प्लेटफमर्म ‘कान्तिपुर सिनेमाज्‘

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा सिनेमासम्बन्धी अध्यापन गराउँदै आइरहेको कान्तिपुर पिल्म एकेडेमीले पनि ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरु गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्लेटफर्मको औपचारिक रुपमा सुरुवात गरेका हुन् ।

सञ्चालक पूरीले नेपालमा एउटा राम्रो ओटीटी प्लेटफर्मको खाँचो महसुस भएपछि ‘कान्तिपुर सिनेमाज्’ सञ्चालनमा ल्याएको बताए । सुरुवात भएसँगै ‘कान्तिपुर सिनेमाज्’मा फिचर सिनेमातर्फ ‘ज्याकी ः आइएम ट्वान्टी वान’, ‘चि मुसी चि’, ‘जुलेबी’ र ‘म’, वेब सिरिजतर्फ ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रम्हाण्ड’, सर्ट सिनेममातर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ रिलिज भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली मेकर र दर्शकले एउटा छुट्टै प्लेटफर्म पाएको भन्दै यो नेपाली सिनेमाकर्मीका लागि राम्रो अवसर रहेको बताए । मनोरञ्जन क्षेत्रमा नयाँ चिजको सुरुवात भएकोमा पूर्व प्रधानमन्त्री ओलीले खुसी व्यक्त गर्दै यसले कला क्षेत्रको विकासमा नयाँ सिढी थपेको बताए । यो प्लेटफर्म कला क्षेत्रका लागि एउटा कोशेढुंगा सावित हुने उनको विश्वास छ ।

मोबाइल फोन, इन्ड्रोइड, आइओएस, वेभ र स्मार्ट टीभीमा मासिक २९९ रुपैयाँ तिरेर ‘कान्तिपुर सिनेमाज्’मा उपलब्ध सिनेमा तथा सिरिज हेर्न सकिने र देशभित्रबाट आईएमई पे, ईसेवा, फोन पेन र विदेशबाट पेपल, स्ट्राईप, मास्टर कार्डबाट शुल्क तिर्न सकिने सञ्चालक प्रकाश पूरीले बताए । नेपालमा यो नै पहिलो सब्सक्रिप्शन मोड्युलको ओटीटी प्लेटफर्म रहेको उनको दाबी छ ।