‘चित्रा’को छायांकन ३० दिनमा पोखरामा सकियो

‘चित्रा’को छायांकन ३० दिनमा पोखरामा सकियो

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । सिनेमाको निर्माणपक्षले कलाकार र प्राविधिकको परिश्रमका कारण एक महिनामै सिनेमाको छायांकन सकिएको जानकारी दिएको छ । सन्तोष अधिकारी फिल्मस् तथ असाप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया व्यानरमा निर्माणमा भएको सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

सिनेमालाई माघे संक्रान्तीको अवसरमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने सिनेमाका निर्माता तथा कलाकार सन्तोष अधिकारीले बताए । सिनेमाको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । सिनेमाले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको निर्देशक लामिछाने खुलाए ।

सिनेमामा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ ।

सिनेमामा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् । सिनेमामा राजन राज सिवाकोटीको गीत संगीत छ ।

केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले सिनेमाको नेपालभर वितरणको जिम्मा लिएको छ । सिनेमाको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले किनेका छन् । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक सिनेमाको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ सिनेमाका सह–निर्माता रहेका सन्तोष अधिकारीले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।