सत्यराज चौलागाई निर्देशित ‘बिच्छेद’को टिजर सार्वजनिक

सत्यराज चौलागाई निर्देशित ‘बिच्छेद’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सत्यराज चौलागाईको निर्देशन निर्माण भएको सिनेमा ‘बिच्छेद’को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक १ मिनेट ११ सेकेण्ड लामो टिजर मुकुन भुषाल र लक्ष्मी बर्देवाको वरिपरि घुमेको छ । डिभोर्स गरिसकेका मुकुन र लक्ष्मीको जीवनमा आउने उतार-चढावको कथामा सिनेमा केन्द्रित रहेको बुझ्न सकिन्छ ।

आगामी मंसिर ८ गतेबाट बिच्छेद प्रदर्शनमा आउँदैछ । नेपालसँगै अन्य देशहरुमा सिनेमालाई एकसाथ प्रदर्शन गर्ने तयारी निर्माण टिमले गरिरहेको छ । सिनेमाको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् । सह-निर्मातामा प्रविन राजथला रहेका छन् । सिनेमामा अभिनेता भुषाल स्वयंको कथा तथा निर्देशक चौलागाईले पटकथा लेखेका हुन् ।

सिनेमाको सार्वजनिक टिजरले गाउँले परिवेशमा आधारित भएर बनेको बुझाउँछ । मुकुन र लक्ष्मीका अलावा ‘बिच्छेद’मा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा आदिको पनि अभिनय रहेको छ ।

सिनेमामा एसडी योगी, सुरज थापा र आशिष महरको संगीत, सत्यराज चौलागाई र राम अविरल विष्टको गीत रचना, सुनिता थेगिम, एसडी योगी, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर, कविराज गहतराज र सुरेन बसेलको नृत्य निर्देशन रहेको छ ।

सङ्कल्प भुजेलको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको सिनेमामा समीर मियाको भीएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ छ । सिनेमालाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेन्मेन्ट तथा उपत्यकाभन्दा बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।