‘पशुपति प्रसाद २ : भष्मे डन’को अग्रीम टिकट बुकिङमा आक्रामक, धेरै शोहरु सोल्ड आउट

‘पशुपति प्रसाद २ : भष्मे डन’को अग्रीम टिकट बुकिङमा आक्रामक, धेरै शोहरु सोल्ड आउट

द सिनेमा टाइम्स
6.5k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार फूलपातीबाट प्रदर्शनमा आउने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले अग्रीम टिकट बुकिङमा आक्रामक सुरुवात गरेको छ । मंगलबार अधिकांश मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म खुलेको अग्रीम टिकट बुकिङ बुधबार साँझसम्म धेरै शोहरु सोल्ड आउट भएका छन् ।

सिनेमालाई मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । क्यूएफएक्समा बुकिङ खुलेसँगै सिनेमाको टिकट आक्रामक रुपमा बिक्री भैरहेको छ । केही शो बुधबार साँझसम्ममा ‘सोल्डआउट’ हुने सम्भवना देखिएको छ ।

बुकिङको ट्रेन्ड हेर्दा शुक्रबारसम्ममा क्यूएफएक्सअन्तर्गत काठमाडौंका प्रायः हलमा सिनेमाको टिकट हाहाकार हुनसक्ने देखिन्छ । यो अवस्थामा दुई विदेशी सिनेमाको शो कटाएर पनि ‘भष्मे डन’लाई दिनपर्ने दबाब सिर्जना हुनसक्छ । अधिकांश शोमा तीव्र रुपमा टिकट बिक्रि भैरहेको देखिन्छ । सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म ३०० बढि शो पाएको छ ।

बहुप्रतिक्षित सिनेमा सिनेमामा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।