निश्चल निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर भोली रिलिज हुँदै

निश्चल निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर भोली रिलिज हुँदै

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिमाग खराबको ट्रेलर कात्तिक ३ गते शुक्रबार रिलिज गरिने भएको छ । निर्देशक निश्चल बस्नेतले फेसबुक मार्फत यसको जानकारी दिएका हुन् । सोसल-पोलिटिकल जनरा रहेको सिनेमा कार्तिक २४ गते रिलिज हुँदैछ ।

सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल तथा सुमन कार्की आदिको मूख्य भूमिका रहेको छ । निश्चलले ‘लुट २’ निर्देशन गरेको ६ वर्षपछि दर्शकमाझ आउन लागेको सिनेमा भएकाले पनि दर्शकहरुमा यो सिनेमालाई लिएर विशेष कौतुहलता छ ।

‘लुट’ सिनेमाबाट निर्देशनमा डेब्यू गरेपछि झण्डै संकटकालको अवस्थामा गइसकेको नेपाली सिनेमा क्षेत्रलाई निश्चलले नयाँ दिशामा लगेका थिए । त्यसयता उनका हरेक सिनेमा प्रतिक्षित बन्ने गरेका छन् । रौनक विक्रम कँडेल निर्माता रहेको सिनेमा टिमअप र कास्टको लाइनअपको हिसाबले बलियो छ ।

दुई दिनपछि रिलिज हुने ट्रेलरले दर्शक पनि प्रतिक्षाको विषय बनेको छ । केही समय अगाडि रिलिज भएको ‘झम्के झमाझम’ बोलको गीत यतिबेला दर्शकहरुमाझ लोकप्रिय बनिरहेको छ । यस्तोमा ट्रेलरले पनि दर्शकको मन सजिलै जित्ने अपेक्षा गर्न सकिन्छ ।