‘पुशपति प्रसाद २ : भष्मे डन’को बम्पर ओपनिङ, दर्शकले गरे पार्ट ३ को डिमाण्ड

‘पुशपति प्रसाद २ : भष्मे डन’को बम्पर ओपनिङ, दर्शकले गरे पार्ट ३ को डिमाण्ड

द सिनेमा टाइम्स
518
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापारको सुरुवात गरेको छ । सिनेमा बडादशैंको फूलपातीको अवसर पारेर तीन सयबढि स्क्रिनबाट प्रदर्शनमा आएको छ । अधिकांश हलका अनलाइन साइटमा हेर्दा बिहानीदेखि राती १० बजेसम्मका शोमा दर्शकको चाप उच्च देखिएको छ ।

शनिबार बिहानी शोबाटै हाउस फुलका साथ सिनेमा हर्ने दर्शकको भिड हलमा देखिएको छ । नेपाली सिनेमामा यस्तो संयोग निकै कम सिनेमाले मात्रै पाउने गर्छन् । सिनेमाको निर्माण टिम शनिबार बिहानी शोबाट नै कलाकार विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दिपेन्द के खनाल आज दिनभर राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो ।

लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दर्शकको उच्च साथ पाएसँगै हिजोसम्म मनमा भएको डर हटेको बताएका छन् । सिनेमालाई दर्शक तथा समीक्षकले सिनेमा रुचाउनु भएको छ । दर्शकबाट सिनेमाको सस्पेन्स पाटोलाई निकै मन पराएको आफुहरुले पाएको भनाई उनको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले आफुले अहिलसम्म सिनेमा हेर्न नपाएको तर दर्शकबाट पाएको प्रतिक्रियाले सिनेमा हेर्न निकै आतुर बनाएको बताइन् । हल रिपोर्टको क्रममा पत्रकारले अभिनेत्री खड्कालाई ‘दुर्गा माता’को भुमिकाबारे पाएको प्रतिक्रियाका बिषयमा समेत सोधेका थिए । जवाफमा अभिनेत्री खड्काले दर्शकले दुर्गा मातालाई निकै माया गरेको भन्दै खुशी व्यक्त गरिन् । आगामी दिनमा अझै चुनौती पूर्ण भुमिकामा काम गर्न हौसला मिलेको सुनाइन् ।

अभिनेता विपिन कार्कीले पनि ‘भष्मे डन’लाई दर्शकले रुचाएकोमा सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । आजबाट बल्ल सिनेमा रिलिज भएकाले पहिलो दिनको जस्तै साथ सर्पोट र मायाको खाँचो आगामी दिनमा पनि रहेको भन्दै भोलीका दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने जिम्मेवारी भष्मे डनले थपेको बुझाई उनको छ ।

अभिनेत सौगात मल्लको क्यारेक्टरले पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । अन्य सिनेमाको छायांकनले गर्दा प्रचार-प्रसारमा समय दिन नपाएपनि दर्शकबाट मिलेको माया र साथ प्रति आभारी रहेको बताए ।

सिनेमाका निर्देशक दिपेन्द्र के खनालले शनिबार सिनेमालाई मिलेको ओपनिङ अपेक्षाकृत नै भएको बताएका छन् । सिनेमाको निर्माण घोषणा भएसँगै दर्शकमा देखिएको उत्साह आज हलमा देखिएको छ । आगामी दिनमा दर्शकमा यो उत्साह अझै बढ्ने विश्वास व्यक्त गरे ।

दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो । सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । आज सिनेमा हेर्नु हुने सम्पुर्ण दर्शकलाई धन्यबाद भन्दै आज नहेरेका दर्शकलाई भोलीदेखि आफ्नो नजिकको हलमा गएर सिनेमा हर्ने समेत निर्माण टिमले आग्रह गरेको छ ।

वितरक करण श्रेष्ठले शनिबार काठमाडौं उपत्यकामा मात्रै नभई देशैभरी सिनेमाले बम्पर व्यापार गरेको बताए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।