टिजर सार्वजनिक गर्दै वेब सिरिज ‘कैँची’को निर्माण घोषणा

टिजर सार्वजनिक गर्दै वेब सिरिज ‘कैँची’को निर्माण घोषणा

द सिनेमा टाइम्स
448
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।

मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दिपक आरजेलाई स्थान दिइएको छ । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ ।

बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई निर्देशक नरेशनाथ योगी किङ योगीले सघाएका छन् । यो सिरिजको निर्देशन पनि नरेश आफैले गर्दैछन् ।

बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्मस्को व्यानरमा निर्माण हुने सिरिजमा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा रहेका छन् । मित्र डि गुरुङको सम्पादन, राजेन्द्र मोक्तानको कलर, मनिष भट्टको मुख्य सहायक निर्देशन, शैलेस श्रेष्ठको ब्याकग्रराउण्ड म्युजिक, कबिन खड्काको मेकअप, निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ ।