‘पशुपति प्रसाद २ : भष्मे डन’लाई टीकाको दिन पनि उच्च शो

‘पशुपति प्रसाद २ : भष्मे डन’लाई टीकाको दिन पनि उच्च शो

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । शनिबार र आइतबार हलमा सिनेमा हेर्ने दर्शकको ठुलो भिड देखिएको थियो । आज सोमबार पनि सिनेमा हेर्ने दर्शकको संख्या घटेको छैन् ।

मंलगबार भोली बडादशैंको टीकाको दिन भएकाले नेपालभरका सिनेमा घरले बिहानी शोमा हल बन्द गरेतापनी दिउँसोबाट पुन: सञ्चालनमा आउने छन् । टीकाको दिन पनि सिनेमाले उच्च शो पाएको छ ।

काठमाडौंस्थित कमलपोखरीमा रहेको बिग मुभिजले दिउँसो १२ बजेबाट हल सञ्चालनमा ल्याउने गरि शो निकालेको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दरबार सिनेम्याक्समा २ बजे र इटहरीको सिनेफिल्क्सले १२:३० बाट पहिलो शो खोलेको छ । अरु धेरै हलले २ बजेपछि मात्रै हल सञ्चालनमा ल्याउने गरी शो खोलेका छन् ।

काठमाडौं र मोफसलमा गरी दशैंको टीकाको दिन पनि सिनेमा हलले ‘पशुपति प्रसाद २ : भष्मे डन’को लागि करिब १८० आसपासमा शो खोलेका छन् भने अझै शो बढ्न सक्ने देखिएको वितरक करण श्रेष्ठले बताए । सिनेमाप्रति दर्शकको क्रेज देखेर नै हल सञ्चालकले टीकाको दिन पनि यति धेरै शो दिनुभएको होला निर्देशक दीपेन्द्र के खनालले बताए ।

सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । जसको प्रभाव हलमा देखिएको छ । टीकाको दिनपछि गाउँबाट धेरै मान्छे काठमाडौं फर्किने भएकाले सिनेमाको व्यापार अझै बढ्ने अनुमान निर्माण टिमको छ । दर्शकबाट हामीले राम्रो साथ पाएका छौं, यसको लागि सिनेमा हेरिसक्नु भएका सम्पुर्ण दर्शकलाई धन्यवाद । आगामी दिनमा पनि अझै धेरै साथ र सहयोगको अपेक्षा रहेको निर्माता खगेन्द्र लामिछानेले बताए ।

सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।

सिनेमाले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको थियो ।