रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ युट्युबमा रिलिज

रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’ युट्युबमा रिलिज भएको छ । बक्सअफिसमा सफल भएको सिनेमा बडादशैंको अवसर पारेर सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो ।

सिनेमा अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । हलमा दर्शकले रुचाएको सिनेमा युट्युबमा समेत दर्शकले ममन पराएका छन् । युट्युबमा सिनेमा हरेका अधिकांश दर्शकले सिनेमाको कथावस्तु र कलाकरको अभिनय निकै मन परेको प्रतिक्रिया दिएका छन् ।

सिनेमामा परिवारभित्रको प्रेम, असमझदारी, चाहना, कर्तव्य र अपहेलनाका दृश्यहरु देखाइएको छ । पुस्तान्तरले बृद्ध आमा-बाबुको जीवनमा ल्याउने उतारचढाव सिनेमामा देख्न सकिन्छ । सिनेमा पूर्वी नेपालको पृष्ठभूमिमा खिचिएको छ ।

सामाजिक ड्रामामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीले पाका बुबा-आमाको भूमिका निर्वाह गरेका छन् । सिनेमाको कथा यी दुईको वरिपरि घुम्छ । उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

कमल किशोर मलपानीको कथा र कन्सेप्टमा निर्माण सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।