१३ औं दिनमा पनि ‘परदेशी २’लाई दर्शकको राम्रो साथ

१३ औं दिनमा पनि ‘परदेशी २’लाई दर्शकको राम्रो साथ

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको  साथ पाइरहेको छ । आज १३ औं दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित सिनेमा प्रदर्शनरत छ । पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट  माया पाएको सिनेमा हेर्ने  बुधबार पनी धेरै शो  हाउसफुल छन ।

सिनेमाले पहिलो हप्ता बक्सअफिसमा राम्रो व्यापार गरेको दाबी निर्माण टिमको छ । सुरुवाती दिनबाट नै राम्रो व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिएको हो ।

दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख शहरहरु काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए ।

दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् ।

उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।