पाँचौं दिनमा पनि हलमा ‘पशुपति प्रसाद २ भष्मे डन’ हेर्ने दर्शकको भिड, अधिकांश शो हाउसफूल

पाँचौं दिनमा पनि हलमा ‘पशुपति प्रसाद २ भष्मे डन’ हेर्ने दर्शकको भिड, अधिकांश शो हाउसफूल

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । प्रदर्शनको पाँचौं दिनसम्म पुग्दा पनि हलमा दर्शकको भिड घटेको छैन् । प्रदर्शनको पहिलो दिन नै २ करोड ४० लाख ग्रस कलेक्सन गरेको सिनेमाको दोस्रो दिनबाट व्यापारिक रिपोर्ट सार्वजनिक गरिएको छैन् ।

दशैंका कारण सबै हलमा सिनेमाले गरेको व्यापारको विवरण आईनसकेकाले सार्वजनिक गर्न ढिलाई भएको वितरक करण श्रेष्ठ बताए । भोली बिहीबार सिनेमाको पाँचौ दिनसम्मको व्यापारिक रिपोर्ट सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरेको छ । सिनेमाको मंगलबार दशैंको टिकाको दिनमा मध्यान्न १२ बजेबाट मात्रै शो राखिएको थियो । यो सिनेमाले टिकाको दिनमा पनि व्यापार बलियो देखिएको थियो ।

समीक्षकबाट सिनेमाले तारिफ पाएका कारण दर्शकहरुमा सिनेमाप्रति भरोसा अझै बढेको छ । जसको प्रभाव बक्स अफिसमा देखिएको छ । तर, आज बुधबारसम्म आइपुग्दा पनि हलमा दर्शकको चाप उच्च रहेकाले सिनेमाले व्यापारमा हरेक केही मात्रै रहेको बुझ्न गाह्रो पर्दैन् ।

हिजो टीकाको दिनपछि गाउँबाट धेरै मान्छे काठमाडौं फर्किने भएकाले सिनेमाको व्यापार अझै बढ्ने अनुमान निर्माण टिमको छ । शनिबार कलाकारसहित दर्शकसँग साक्षात्कार गर्न हल पुग्दा सिनेमा हेरर हलबाट निस्किएका अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् ।

टुकी आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।