अमेरिकाको १० बढि राज्यमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज

अमेरिकाको १० बढि राज्यमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सिनेमा अमेरिकाको १० बढि राज्यमा प्रदर्शनमा आएको प्याट्रिक सुवेदी (प्रतिक)ले जानकारी दिए ।

नेपालमा दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको सिनेमाले अमेरिकामा पनि राम्रो व्यापार गर्ने अपेक्षा वितरक सेभेन सिज इन्टरटेनमेन्टको छ । दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले प्रदर्शनको पहिलो दिन नै २ करोड ४० लाख ग्रस कलेक्सनन गरेको थियो । त्यसपछिका दिनमा सिनेमाले गरेको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छैन् ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।