ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ युट्युबमा रिलिज

ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
2.9k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित ब्लकबस्टर सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ युट्युबमा रिलिज गरिएको छ । मंगलबार बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलबाट पुरा सिनेमा रिलिज गरिएको हो ।

नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ हो । यो सिनेमाले नेपाली बक्सअफिसमा करिब २३.५०करोड आसपासमा कलेक्सन गरेको थियो । नेपालमा मात्रै नभई विदेशमा समेत ‘कबड्डी ४ : द फाइनल म्याच’ले बम्पर व्यापार गरेको थियो ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

समाजिक कथावस्तुलाई कमेडीमा प्रस्तुत गरिएको सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए । रामबाबु गुरुङको लगानीमा निर्माण भएको सिनेमा ‘दयारानी’ प्रदर्शनको तयारीमा र ‘राजागञ्ज’को पोष्ट प्रोडक्सनको काम भैरहेको छ । उनको निर्देशन रहने सिनेमा ‘डिग्री माइला’को पहिलो चरणको छायांकन सकिएको छ, भने दोस्रो चरणको छायांकन तिहारपछि हुनेछ । यो सिनेमा आगामी नयाँ वर्षको अवसरमा रिलिज हुनेछ ।