जापान, कोरिया र हङकङ वितरकले ‘दिमाग खराब’बाट आएको कुल नाफाको १० प्रतिशत क्यानलाई दिने

जापान, कोरिया र हङकङ वितरकले ‘दिमाग खराब’बाट आएको कुल नाफाको १० प्रतिशत क्यानलाई दिने

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘दिमाग खराब’ अहिले चर्चाको शिखरमा छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छ ।

यसैबीच सिनेमाको निर्माण टिमले नेपाल क्रिक्रेट एसोसियसन नेपाल क्यानसँगको सहकार्यमा हाल चलिरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटका खेलहरुमा ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’ जस्ता पुरस्कार राशीले दर्शकमाझ हाइप उच्च बनाइरहेको छ । सिनेमाको निर्माण टिमले नाफाको ५ प्रतिशत (नेट) क्रिक्रेटको विकासको लागि दिने घोषणा गरेको छ ।

अब दिमाग खराबका निर्माता मात्रै नभई जापान, कोरिया र हङकङ वितरकले समेत क्यानसँग सहकार्य गर्ने भएका छन् । बुधबार एक पोस्टर सार्वजनिक गर्दै युएनए इन्टरटेनमेन्ट र उज्जवल गुरागाँईले यी तीन देशमा हुने सिनेमाको कुल मुनाफाको (नेट) १० प्रतिशत क्यानको विकासका लागि दिने भएका छन् ।

यस्तै हरेक म्याचमा सेन्चुरी हान्ने खेलाडीलाई ५ हजार नगद र हरेक म्याचमा लिने १ विकेटको नगद १० हजारका दरले पुरस्कार दिने घोषणा गरेका छन् । सिनेमाको निर्माण टिमले क्यानसँग मिलेर ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।