गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय इनासको नेपाल च्याप्टर अध्यक्षमा निर्वाचित

गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय इनासको नेपाल च्याप्टर अध्यक्षमा निर्वाचित

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार आयोजित अधिवेशनबाट पाण्डेय २ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि उनी इनास नेपालको तदर्थ समितिको संयोजकमा थिए । २ दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा आबद्ध उनका धेरै गीत लोकप्रिय छन् । यसैगरी, इनास नेपालको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्देशकद्वय ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

महासचिवमा भने खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्ष पदमा सिनेमा वितरक तथा निर्माता सुनिल मानन्धर चयन भए । सदस्यमा १२ जना निर्वाचित भएका छन् ।

अभिनेताद्वय पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, निर्देशकहरु पूर्ण लामा, कृष्ण के।सी, कल्पना आचार्य, भूमिका शाह, रामशरण घिमिरे, विबुध लुइँटेल, सुरेन्द्र श्रेष्ठ र नृत्य निर्देशक कविराज गहतराज सदस्यमा चयन भए ।

इनासको धेरै देशहरुमा शाखा विस्तार भैसकेको छ । केही वर्षअघिसम्म इनासले अवार्ड समेत आयोजना गर्ने गरेको थियो ।