शाहरुख खानको जन्मदिनमा फ्यानलाई ‘डंकी’को टिजर उपहार

शाहरुख खानको जन्मदिनमा फ्यानलाई ‘डंकी’को टिजर उपहार

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानका आज आफ्नो ५८ औं जन्मदिन मनाउँदै छन् । उनको जन्मदिनमा, फ्यानले उपहारमा ‘डंकी’को टिजर पाएका छन् । जसको लागि जसका लागि फ्यानहरु लमो समयदेखि प्रतिक्षामा थिए । आगामी क्रिसमसमा रिलिज हुने शाहरुखको ‘डंकी’को टिजरले फ्यानमा उत्साह ल्याएको छ ।

सार्वजनिक टिजरलाई निर्माण टिमले ‘ड्रप १’ नाम दिएको छ । यसको अर्थ, टिजरका अन्य श्रृंखला पनि आउने छन् । शाहरुखले सिनेमामा ‘हार्डी’को भूमिका निर्वाह गरेका छन् । उनी आफ्ना साथीलाई इङल्याण्ड लैजान चाहन्छन् । एक मिनेट ४७ सेकेन्डको भिडियोमा कमेडी र एक्सन छ ।

‘पठान’ र ‘जवान’को सफलतापछि शाहरुख फेरि बक्स अफिसमा धमाका गर्न तयार रहेको फ्यानले बताएका छन् । शाहरुखको ‘डंकी’ कमेडी ड्रामा हो । यसको कथा ‘डंकी फ्लाइट’ नामक अवैध आप्रवासीको प्रविधिमा आधारित छ । अभिजात जोशी र कनिका ढिल्लन र पटकथा लेखेका राजकुमार हिरानीले सिनेमाको निर्देशन गरेका हुन् ।

टिजर मरुभूमिबाट सुरु हुन्छ, जहाँ केही मानिस भाग्न खोजिरहेका छन् । बालुवामा कंकाल छन् । त्यसपछि एक व्यक्तिले ती व्यक्तिलाई गोली हान्छन् । यसपछि शाहरुखका साथी बुग्गु इङल्यान्ड जान चाहन्छन्, तर उनका परिवारका सदस्यले उनलाई हजुरआमाको कसम खुवाएर विदेश जानबाट रोक्ने हरसम्भव प्रयास गर्छन् ।

त्यसपछि शाहरुख (हार्डी)को प्रवेश हुन्छ जो आफ्नो गाउँमा साथीसँग रमाइलो जीवन बिताउँछन् र साथीको सपना पूरा गर्न संघर्ष गरिरहेका छन् । यी साथीमध्ये तापसी पन्नु (मन्नु) पनि छन्, जसलाई उनी माया गर्छन् । आखिर, यी चारको जीवन परिवर्तन गर्ने कथा के हो र उनीहरूको सपना के हो, यो २१ डिसेम्बर २०२३ मा सिनेमा हलमा मात्र थाहा हुनेछ ।

रेड चिल्ली इन्टरटेनमेन्ट र जियो स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमामा शाहरुखका अलवा तापसी पन्नु, विक्की कौशल, दिया मिर्जा र बोमन इरानीले अभिनय गरेका छन् । यी बाहेक धर्मेन्द्र, सतीश शाह, परीक्षित साहनी पनि छन् । सिनेमामा काजोलको स्पेशल अपेरेन्स पनि रहने बताइएको छ ।

‘डंकी’को छायांकन मुम्बई, कश्मीर, लन्डन बुडापेस्ट, जेद्दा र निओममा गरिएको थियो । गीतको संगीत प्रीतमले भरेका हुन् ।