उपहारको ‘वाह वाह वाह’मा गीतमा कस्तो देखिए रेखा, पूजा र बेनिशा

उपहारको ‘वाह वाह वाह’मा गीतमा कस्तो देखिए रेखा, पूजा र बेनिशा

द सिनेमा टाइम्स
406
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापाको ‘उपहार’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ । सिनेमाको ‘वाह वाह वाह’ बोलको गीत आज काठमाडौं एक कार्यक्रमकाबिच रिलिज गरिएको हो ।

डान्सिङ नम्बर रहेको गीत बाबुल गिरीको संगीतमा तयार भएको हो । शंकर अधिकारी (घायल)को शब्द रहेको गीतमा संगीतकार गिरी र गायिका एलिना चौहानको युगल स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँग अभिनेता मुकुन भुषालले जोडी बाँधेर नाचेको देख्न सकिन्छ भने पूजा शर्माले डेब्यू अभिनेता समर्पण जंग कार्कीले कम्मर मर्काएका छन् ।

यस्तै अभिनेत्री बेनिशा हमालसँग तेज गिरी रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीत डान्सिङ नम्बर भएकाले विवाह तथा विभिन्न नृत्यप्रधान कार्यक्रममाहरुमा रुचाइने अनुमान गर्न सकिन्छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमालाई ‘मुनामदन’ तथा ‘झिँगेदाउ’ फेम ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सिनेमा फागुन २५ गते रिलिज हुँदैछ ।

सुलभ प्रतिक देउना र समीक्षा देउजा निनर्माता रहेको सिनेमाका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सिनेमामा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, शोब्रस घिमिरे ढुकुरे, आशा भुषाल, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेकको छ । सिनेमालाई बिष्णु कल्पितले खिचेका हुन् ।

करण श्रेष्ठको रिच इनटरटेनमेन्टले काठमाडौं र एफडी कम्पनीले मोफसलमा वितरण गर्ने सिनेमामा संगीतकार अर्जुन पोखरेलको पनि संगीत रहेको छ ।