कहिले रिलिज हुँदैछ रेखाको ‘उपहार’ ?

कहिले रिलिज हुँदैछ रेखाको ‘उपहार’ ?

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापाले चार वर्षपछि अभिनय गरेको ‘उपहार’ सिनेमाले आफ्नो पहिलो गीत सार्वजनिक गरेसँगै रिलिज डेटको पनि घोषणा गरेको छ । गीतमा फागुन २५ गतेको रिलिज डेट राख्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

यसअघि यो सिनेमा माघ २६ मा रिलिज हुने चर्चा चलेको थियो । यही चर्चाकाबीच निर्माण पक्षले आज आफ्नो आधिकारिक रिलिज मिति सार्वजनिक गरेको हो ।

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमामा रेखासँगै पूजा शर्मा तथा बेनिशा हमालको प्रमुख अभिनय रहेको छ । सिनेमामा रेखाको जोडीका रुपमा अभिनेता मुकुन भुषाल रहेका छन् भने डेब्यू अभिनेता समर्पणजंग कार्की पूजाको जोडी बनेका छन् । यस्तै तेज गिरी बेनिशाको जोडी हुन् ।

सुलक्षण भारतीको कथा तथा भारती, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको सिनेमाले एउटै अपार्टमेन्टमा सँगै बस्ने तीन नारीहरुको कथा पेस गर्छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमालाई बिष्णु कल्पितले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ ।

सुलभ प्रतिक देउना र समीक्षा देउजा निनर्माता रहेको सिनेमाका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सिनेमामा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, शोब्रस घिमिरे ढुकुरे, आशा भुषाल, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेकको छ । सिनेमालाई बिष्णु कल्पितले खिचेका हुन् ।

करण श्रेष्ठको रिच इनटरटेनमेन्टले काठमाडौं र एफडी कम्पनीले मोफसलमा वितरण गर्ने छन् ।